रुस्लान थ्री स्टार फाइनलमा - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

रुस्लान थ्री स्टार फाइनलमा



धनगढी – रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार धनगढी रंगशालामा रुस्लान थ्री स्टारका लागि १४ औं मिनेटमा सुनील बलको कर्नरमा रन्जन विष्टको प्रहार रिबाउन्ड भएपछि अडामा डुम्बियाले गरेको प्रहार काकरभिट्टाका गोलरक्षक दीप कार्कीले बचाए ।
२१ औं मिनेटमा थ्री स्टारका फोडे फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको ५३ औं मिनेटमा थ्री स्टारको रुपेश केसीको भली प्रहार दीप कार्कीले बचाए । अर्कोतर्फ काक्करभिट्टाका एन्जल गुरुङको प्रहार आकाशियो ।

६९ औं मिनेटमा थ्री स्टारले अग्रता लियो । रन्जन विष्टको क्रसमा बुद्ध चेम्जोङले दिएको हेडर पासमा ६ यार्ड बक्सभित्र अनमार्क रहेका रुपेश केसीले गोल गरे ।

८० औं मिनेटमा थ्री स्टारले अग्रता दोब्बर पार्यो । सुनील बलले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गरे । विकास राईले रन्जन विष्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले राईलाई पहेंलो कार्ड देखाएका थिए ।

उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका मिडफिल्डर सुनील बल खेलको आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्ज्वल मानन्धरले लिगको पिडा बिर्साउन मोफसलमा सुखद सुरुवात गर्न तत्पर रहेको बताए ।

यस जितसँगै थ्री स्टारले प्रतियोगिताको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको छ । फाइनल खेल शनिबार हुनेछ । बिहीबार दोस्रो सेमिफाइनलमा सीएमजी क्लब संकटा र नेपाल पुलिस क्लब खेल्नेछन् ।
मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।