डोटीमा भीषण आगलागी, तीन पसल जलेर नष्ट - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

डोटीमा भीषण आगलागी, तीन पसल जलेर नष्ट



डडेल्धुरा – डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीमा आगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्।

आगलागीमा नाचन्थली मोडमा रहेको बहादुर बोहराको कपडा र सिलाई कटाईको पसल, रन्जन नेपालीको मोबाइल पसल, दिर्घ बिकको सैलुन पसल जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

आगो लाग्नुको कारण नखुलिसकेकोे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

आगलागीपछि दिपायल सिलगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। क्षतीको पूर्ण विवरण लिने कार्य भइरहेको प्रहरीले जनाएको छ।