प्रचण्ड र बाबुराम बीच बोलचाल बन्द - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

प्रचण्ड र बाबुराम बीच बोलचाल बन्द



काठमाण्डौ । तत्कालिन माओवादीबाट अलग्गिएर नयाँ शक्ति पार्टी संचालन गर्दै आएका डा. बाबुराम भट्टराईले खासै उपलब्धि हासिल गर्न सकेका छैनन् ।

माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीलाई उचाइमा पुर्याउन सकेनन् । अन्ततः दाहाल तत्कालिन नेकपा एमालेसँग एकता गरेर एकीकृत पार्टीको अध्यक्ष बनेका छन् ।

डा. भट्टराई भने नयाँ शक्तिमै संघर्ष गरिरहेका छन् । जनयुद्धकालदेखि नै जंगलमा सँगै विताएका दुई नेताबीचमा पछिल्लो समय सम्बन्ध राम्रो छैन ।

मंगलबार हिमालय टेलिभिजनको एक कार्यक्रममा दाहाल र भट्टराईबीच अकस्मात भेट भयो । भेटमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि थिए ।

सबै नेताबीच एकअर्कामा कुराकानी भयो । तर दाहाल र भट्टराईबीच भने बोलचाल नै भएन । यसले के पुष्टी गर्छ दुई नेताबीच पार्टीमा मात्रै होइन बाहिर पनि मन मिलेको छैन ।

भेटमा नेपाल र पौडेलबीच वाइडबडी प्रकरणबारे छलफल भएको थियो ।