ओलीले भने निजी विद्यालयहरू आफैँ भाग्ने अवस्था ल्याउछौ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

ओलीले भने निजी विद्यालयहरू आफैँ भाग्ने अवस्था ल्याउछौ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरू आफैँ भाग्ने अवस्था निम्तने दाबी गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा गठित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सार्वजनिक विद्यालयहरूको स्तरवृद्धि भएपछि निजी विद्यालयहरू आफैँ भाग्ने बताए ।

‘सामुदायिक विद्यालयको शैक्षिक गणस्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैँ घट्छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरू महँगा निजी विद्यालयमा जाँदैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिबन्ध लगाउने पक्षमा छैन । तर, विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिक्छन् र ?’

प्रधानमन्त्री ओलीले आयोगले बुझाएको प्रतिवेदनको व्यापक अध्ययन गरिने बताए । ‘आशा छ, यो प्रतिवेदन सिफारिस मात्र नबनोस् नीतिकै रूपमा यसलाई कार्यान्वयन गर्न सकियोस्,’ उनले भने ।

आयोग अध्यक्ष तथा मन्त्री पोखरेलले सरकारले सञ्चालन गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई आयोगको प्रतिवेदनले सहयोग पुर्‍याउने बताए । भावी दिनको शिक्षा नीति बनाउन प्रतिवेदन सहयोगी हुने उनले बताए ।

मन्त्रालयका सचिव तथा आयोगका सदस्य खगराज बरालले प्रतिवेदन तयार पार्ने क्रममा आठवटा विषयगत समिति बनाएर करिब चार हजारजनासँग प्रत्यक्ष कुरा गरिएको बताए । अयोगले पुस २२ मै प्रतिवेदन तयार गरेको भए पनि प्रधानमन्त्रीसँग समय व्यवस्थापन गर्न ढिलो भएका कारण मंगलबार मात्र हस्तान्तरण गरेको हो । आजको नयाँ पत्रिकाबाट ।