मन्त्री रवीन्द्र अधिकारी भारत गए
काठमाडौँ । वाईडबडी विमान खरिद प्रकरणमा नाम मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारत गएका छन् ।
अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
जनवरी १५ देखि १६ सम्म आयोजना हुने उक्त समिटमा सहभागी हुन मन्त्री अधिकारी हिजो (सोमबार) साँझ भारत गएका हुन् ।
मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि भारत गएका छन् ।