सलमान खानको दाँया हातमा भएको ब्रासलेट को मूल्य कति ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सलमान खानको दाँया हातमा भएको ब्रासलेट को मूल्य कति ?



काठमाडौं । बलिउडका सुपरस्टार नायक सलमान खान विभिन्न समयमा फरक बिषयले चर्चामा आइरहन्छन् । उनको धेरै परिचय दिइरहनु पर्दैन । उनले बलिउडमा अभिनय गरेका एकाधबाहेक धेरै चलचित्र सुपरहिट बनेका छन् । उनको एक्सनलाई विश्वमै चर्चाका रुपमा हेरिन्छ ।

सलमान खानको हरेक वस्तुका बारेमा जान्न उनका फ्यान उत्साहित हुन्छन् । तपाईंलाई थाहा छ, सलमानले आफ्नो दाँया हातमा निलो पत्थर भएको ब्रासलेट लगाएका छन् । उनी किन ब्रासलेट सधैँ लगाइरहन्छन् ? आखिर के हो त्यसको राज ?

१५ वर्ष अगाडि सलमान खानले पिताको हातमा यस्तै ब्रास्लेट देखेका थिए । सलमानले त्यसकै डुप्लिकेट बनाएर आफू पहिरिन थालेका हुन् । सलमान ट्राईजेमिनल न्युरलजियाको बिरामी हुन् । जसबाट अनुहारका नसामा निकै दुख्ने गर्दछ । सलमान पछिल्लो समय लगातार औषधि सेवन गरिरहेका छन् ।

उनको हातमा रहेको ब्रास्लेटको मूल्य उनले खोल्न चाहेनन् । बुवाको मायालाई याद गर्ने त्यो ब्रास्लेट बनेको छ । बाहिरी बजारमा यसको मूल्यको निकै चर्चा हुन्छ । ब्रासलेटको करिब २ करोड पर्ने केही भारतीय सञ्चारमाध्यमले लेखेका छन् । ब्रासलेटमा दुर्लभ फिरोजा पत्थर समावेश छ । युरोपको प्राचिन पहाडमा पाइने यो दुर्लभ पत्थर हो ।