सहारा घरमा न्यानो लुगा वितरण - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

सहारा घरमा न्यानो लुगा वितरण



विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको बर्दगोरिया गाउँपालिका -२ मा रहेको असहायका लागि सहयोगी हातहरू, नेपालद्वारा सञ्चालित सहारा घरमा न्यानो लुगा वितरण गरिएको छ ।

एन आर एन फोरम स्विजरल्याण्डकि कोर्डिनेटर शुभा इल्मार लामाको आर्थिक सहयोग तथा संचारकर्मी प्रकाश मिश्रको पहलमा सोमबार एक अनौपचारिक कार्यक्रमका बिच सहारा घरमा बस्ने ५२ जना अशक्त तथा असहायहरुलाई न्यानो स्विटर वितरण गरिएको हो ।

न्यानो लुगा वितरण कार्यक्रममा बोल्दै संचारकर्मी प्रकाश मिश्रले नेपालको ललितपुर घर भइ हाल स्विजरल्याण्ड बस्दै आउनु भएको शुभा इल्मार लामालाई हार्दिक धन्यवाद दिदै उहाँको सहयोगले गर्दा आफ्नो हातले सहारा घरमा गएर न्यानो लुगा वितरण गर्न पाउँदा एकदमै खुशी लागेको बताए ।

२०७० सालमा एक मानसिक रोगी किसोरी बाट सुरु भएको सहारा घरले हाल ५२ जनालाई सहारा दिइरहेको
संस्थाका अध्यक्ष बलबहादुर बिष्टले बताए । उनले
घर परिवार बाट अपहेलित,असाय,घर परिवार बिहीन तथा अपहेलनामा परेका सहारा बिहीनहरूको स्याहार सुसार गर्ने व्यक्तिहरुलाई सहारा दिएको बताए ।

४२ वर्षिय बिष्टले धेरै कुराको अभावै अभावमा पनि आफुहरु खुशी भएर बसेको बताए । उनले भने , ‘ यहाँ ५२ जना बेसाहारालाई सहारा दिइरहेका छौं , सहारा घरमा खानेपानी ,घेरबारको लागि तार जाली ,स्वास्थ परिक्षणको लागि स्वास्थकर्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको छ ।’

त्यतै अध्यक्ष बिष्टले विभिन्न स्थानीय तहका प्रतिनिधिहरुले अशक्त तथा असहायहरुलाइ आफ्नो सहारा घरमा पठाउने र कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा ती ब्यक्तिहरुलाइ गाँस बासमा समस्या हुने गरेको गुनासो पोखे ।