वाइडबडी विमान खरीदमा ओली र प्रचण्ड संलग्न रहेको देउवाको खुलासा ! - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

वाइडबडी विमान खरीदमा ओली र प्रचण्ड संलग्न रहेको देउवाको खुलासा !



धनगढी– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदमा भएको अनियमितता आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए । देउवाले प्रश्न गरे, ‘मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो ?

उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको बताउँदै घोटलामा पनि आफू नभई ओली र प्रचण्डको संलग्न रहेको बताए । देउवाले भने, ‘वाइडबडी प्रंकरणमा मेरो हैन, ओली जी र प्रचण्डको जी को प्रत्यक्ष सलग्नता छ ।’

ओली प्रधानमन्त्री भएको बेला सरकारले नै जहाज खरिदका लागि उपसमिति गठन गरेको र प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको बताए ।