बलिउडका निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

बलिउडका निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप



मुम्बई । बलिउडका निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

हिरानीलाई उनीसँगै काम गर्ने महिलाले दुर्व्यवहारको आरोप लगाएकी हुन् । पीडित महिलाले चलचित्र सञ्जुमा हिरानीसँगै काम गरेको दाबी गरेकी छिन् ।

ती महिलाले सन् २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म दुर्व्यवहारमा परेको बताएकी छिन् । जतिबेला चलचित्र ‘सञ्जु’को काम भैरहेको थियो ।

पीडित महिलाका अनुसार ९ अप्रिल २०१८ मा हिरानीले पहिलो पटक कार्यालयमा नै उनलाई दुर्व्यवहार गरेका थिए । त्यसपछिका ५ महिना उनका लागि राम्रो भएन ।

हफपोस्ट इंडियाको रिपोर्टअनुसार ती महिलाले सञ्जुका सह निर्माता विनोद चोपडालाई पनि मेल गरेर यो विषयमा जानकारी दिइएको बताइएको छ ।

हिरानीले भने आरोप अस्वीकार गरेका छन् । उनका वकिल आनन्द देसाईले आरोपलाई झुटो, निन्दनीय, कसैसँग प्रेरित र अपमानजनक बताएका छन् ।