रोट्रायाक डिस्टिक कन्फ्रेन्समा नेता गगन थापा बुटवल आउने ! - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रोट्रायाक डिस्टिक कन्फ्रेन्समा नेता गगन थापा बुटवल आउने !



बुटवल, यहीँ माघ ४ र ५ गते हुन गहिरहेको रोट्रायाक डिस्टिक कन्फ्रेन्स बारे कार्यक्रम आयोजक क्लबहरूले प्रेस कन्फ्रेन्स गरेका छन् । कार्यक्रमको अध्यक्षता रोट्रायाक क्लब अफ बुटवलका रोट्रायाक नीरज पाण्डे उपस्थिति र कार्यक्रम सञ्चालन रोट्रायाक क्लब अफ तिनाउ सिटीका अध्यक्ष रोट्रायाक्टर प्रकाश पराजुलीले गर्नु भएको थियो। भने स्वागत मन्तव्य रोट्रायाक क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्मा ले गर्नु भएको थियो । सो कार्यक्रम मा रोट्रायाक डिस्ट्रिकको प्रतिनिधित्व गर्दै (C.S.D) कम्युनिटी सर्भिस डाइरेक्टर रोट्रायाक्टर विक्रम क्षेत्रीको उपस्थिति थियो ।

रोट्रायाक डिस्ट्रिक्ट ३२९२, नेपाल भुटानले११ औँ रोट्रायाक डिस्ट्रिक्ट कन्फेन्स आयोजना गर्दैछ। यो सम्मेलन जनवरी १८ र १९ मा रुपन्देहीको मणिग्राममा अवस्थित ड्रीमल्यान्ड गोल्ड रिसोर्टमा हुँदैछ। रोट्रायाक डिस्ट्रिक्ट कन्फ्रेन्स आयोजना गर्ने वार्षिक कार्यक्रम हो र यस कन्फ्रेन्समा देशभर छरिएर रहेका रोट्रायाक क्लबहरूबाट १,०००युबा जति सहभागी हुने अनुमान गरिएको छ। सम्मेलनको मूल विषय (थिम) भनेको क्रिएटिंग स्पेसेस फर युथ (युवाहरूको लागि स्थान सृजना) भनेर राखिएको छ।

रोट्रायाक डिस्ट्रिक्टले भनेअनुसार यस्तो विषय राख्नुको मुख्य उद्देश्य भनेको रोट्रायाक जस्तो सामाजिक संस्थाहरूको स्थान कस्तो भनेर बुझाउनु हो। साथै यस्ता युवा सामाजिक संस्थाहरूको प्रतिनिधित्व गर्दा आवाज उठाउनु पनि हो! सम्मेलनमा युवाहरू लक्षित विभिन्न तालिम र छलफलहरू राखिँदै छ।रोट्रायाक सदस्यहरूलाई प्रोत्साहन गर्न युवा राजनीतिक नेताहरू, प्रशिक्षकहरू, सामाजिक अभियान्ताहरु, सरकारी कर्मचारीहरू श्रोत व्यक्तिका रूपमा सम्मेलन आउँदै हुनुन्छ। साथै केही युवाहरू सँग काम गर्ने गैर सरकारी संस्थाहरू पनि सम्मेलनमा समावेश हुँदै छन्।

रोट्रायाक क्लब अफ बुटवल, रोट्रायाक क्लब अफ तिनाउ सिटी,रोट्रायाक क्लब अफ भैरहवा , रोट्रायाक क्लब अफ कपिलवस्तु मिडटाउन र रोट्रायाक क्लब अफ थेम्स इन्टरनेशनल कलेज मिलेर होस्ट गर्दै छन्।नेपालमा रोट्रायाक क्लब अफ रोटरी इन्टरनेशनल सँग आबद्ध युवा सामाजिक संस्था हो। रोट्रायाक क्लब अफ रोटरी क्लबको युवा भ्रातृ संस्था हो र हाल नेपालमा १२६ वटा क्लबहरू छन्। ५००० को हाराहारीमा सदस्य भएको यस संस्थाले विभिन्न सामाजिक कार्यहरू र नेतृत्व विकासमा कामहरू गर्दै आएका छन् ।

सम्मेलनको बारेमा प्रमुख जानकारी यस प्रकार छ:
मिति: जनवरी १८, १९ (२ दिने कार्यक्रम )
स्थान: ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, मणिग्राम बुटवल
सम्मेलनमा उपस्थित विशेष अतिथिहरू:
डिस्ट्रिक्ट गभर्नर:रो. चिन्तामणि भट्टराई
डिस्ट्रिक्ट गभर्नर नोमिनी:रो. राजीव पोख्रेल
माननीय सांसद:गगन थापा
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष:माधव प्रसाद ढुङ्गेल
युवा राजनीतिक:नेता रहर अनसारी