नेपालको भूमि कसैको विरोधमा प्रयोग हुन दिदैनौ :परराष्ट्रमन्त्री ज्ञवाली - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

नेपालको भूमि कसैको विरोधमा प्रयोग हुन दिदैनौ :परराष्ट्रमन्त्री ज्ञवाली



इन्द्रकमल जैरु /नयाँ दिल्ली 

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको भूमि कसैको विरोधमा प्रयोग हुन नदिने दोहोर्याएका छन्।

शुक्रवार नेपाल-भारतका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै ज्ञवालीले दुवै छिमेकी मुलुक भारत र चीन नेपालका लागि महत्त्वपूर्ण भएको भन्दै नेपालको भूमि एक अर्का विरुद्ध प्रयोग हुन नदिने बताएका हुन । उनले लामो उतार-चढावपछि नेपाल भारत सम्बन्ध राम्रो भएको भन्दै अझै पनि कयौँ मुद्दाहरू समाधानको क्रममा रहेको बताए।

समारोहमा बोल्दै ज्ञवालीले नोटबन्दीपछि नेपालमा रहेका भारतीय नोट साट्न नेपालले पहल गरिरहेको जानकारी दिएका छन् । भारतका नयाँ नोटहरू नेपालमा किन बन्द गरिएको भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने ‘नेपालका बैङ्कहरूमा करिब ७  करोड भारतीय पुराना नोट छन् त्यो रकम भारतले फिर्ता नलिएको अवस्थामा रोजगारीका क्रममा भारतमा रहेका नेपालीले फेरि पनि भारतीय नोट नेपालमा ल्याउँदा फेरि त्यस किसिमको नोट बन्दी भयो भने ठुलो नोक्सानी झेल्नु पर्ने अवस्था आउने भएकाले यस्तो गरिएको हो’ । आफूले शुक्रवार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग गरेको भेटवार्तामा पनि नोट फिर्ता लिन पुन: भनेको जानकारी दिए । साथै उनले नोट फिर्ता लिने विषयमा नेपाल राष्ट्र बैङ्क र रिजर्ब बैङ्क अफ इण्डियाबीच छलफल जारी रहेको बताए ।

त्यसैगरि उनले मार्चमा लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिदैं उनले भने ‘२ वर्ष अघि गरिएको लगानी सम्मेलनबाट आश्वासन मात्रै पाएकाले पुन: लगानी सम्मेलन गर्न लागेका छौँ “। समारोहमा बोल्दै उनले नेपाल ल्याण्ड लक देश भएकाले तेरुाो देशसँग व्यापारलाई बढावा दिन जल पारवाहनमा जोड दिएको समेत बताए ।