प्रधानमन्त्री ओलीलाई झुठको निद्राबाट ब्युँझाउन नेविसंघ खेल्यो रानीपोखरीमा फुटबल ! - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

प्रधानमन्त्री ओलीलाई झुठको निद्राबाट ब्युँझाउन नेविसंघ खेल्यो रानीपोखरीमा फुटबल !



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले मुलुकको विकास निर्माण र सुशासनलाई व्यंग्य गर्दै रानीपोखरीमा फुटबल खेलेको छ ।‘प्रधानमन्त्रीज्यू विकासको सूचीमा रानी पोखरीलाई फुटबल मैदान बनाएको कुरा छुटेछ नि !’ उल्लेख गरिएको ब्यानरसहित पुगेको नेविसंघको टोलीले मंगलबार दिउँसो रानीपोखरीमा सरकारलाई व्यंग्य गर्दै फुटबल खेलेको हो ।

फुटबल खेलमार्फत् सरकारले गरिरहेको झुठो प्रचार र कुशासन प्रति व्यंग्य गरिएको नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए ।

उनले भने,”प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मुलुकको विकास निर्माणमा भइरहेको प्रगतिको झुठो तथ्यांक प्रस्तुत गरेका कारण सांकेतिक विरोध स्वरुप फुटबल खेलेका हौं, प्रधानमन्त्री ओलीलाई झुठको निद्राबाट ब्युँझाउन प्रतिकात्मक व्यंग्यस्वरुपको खेल भन्दै नेविसंघले चार वटा टिम बनाएर डेढ घण्टासम्म रानीपोखरीमा फुटवल खेलेका हौं।”