कांग्रेस सँग सहकार्य गर्न हामी तयार छौ :प्रम ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिकोलागि अघि सारिएको राष्ट्रिय यात्रामा सबैलाई सक्रिय सहभागी हुन आव्हान गरेका छन् ।
प्रधानमन्त्री ओलीले समृद्धिका लागि सरकार प्रतिपक्षी नेपाली कांग्रेससँग सहकार्य गर्न पनि तयार रहेको बताएका हुन् ।
निःसन्देह हामी समृद्धिको अभियानमा छौं । समृद्धिकोलागि अघि सारिएको यो राष्ट्रिय यात्रामा, सबैलाई सक्रिय सहभागी हुन म आव्हान गर्दछु’ प्रधानमन्त्री ओलीले भने,‘ हाम्रो प्रतिपक्ष कसरी सहभागि हुन चाहन्छ, सरकार सोही अनुरुपको सहकार्य गर्न तयार छ ।’
आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेपछि भइरहेको काम र उपलव्धिको लामो फेहरिस्त प्रस्तुत गरेका थिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना लागू गर्ने प्रयत्न गर्नु आफ्नो कर्तव्य भएको भन्दै प्रधानमन्त्री आलीले आफ्नो सरकारले अहिले त्यही काम गरिरहेको दाबी गरे । ‘राज्यलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने भन्दा अरु हाम्रो ‘स्वार्थ’ के हुन सक्छ ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।
ओलीले आफू नेतृत्वको सरकारले आवस्यक कानून तर्जुमा गरेको बताए । प्रधानमन्त्री ओलीले आफूले देशको अर्थतन्त्रमा सुधार गरेको भन्दै विभिन्न सूचकहरुबारे उल्लखे गरे ।
यस्तो छ प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधनको पूर्ण पाठ
https://drive.google.com/file/d/1IuJSXCotGcymU1CJf9DuE2NTCx3K_Tf3/view