न्यु भिजनको छैटौँ साधारण सभा सम्पन्न, सिपमूलक तालिम सञ्चालन गर्ने - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

न्यु भिजनको छैटौँ साधारण सभा सम्पन्न, सिपमूलक तालिम सञ्चालन गर्ने



नव सुजित भण्डारी /बुटवल ।

न्यु भिजन फाउन्डेसन नेपालको छैटौँ साधारण सभा सम्पन्न भएको छ ।

बुटवल १३, स्थित फाउन्डेसनको भवनमा आयोजित साधारण सभामा प्रमुख अतिथि बुटवल उपमहानगर उप प्रमुख गोमा देवी आचार्यले सङ्घ सस्थाहरुले विकासमा सहयात्रा गर्नु पर्ने उल्लेख गर्नु भयो । घोषणा गरिने कार्यक्रमहरू घोषणामा मात्र सीमित न गराई पूर्ण रूपमा कार्यन्वयन गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा फाउन्डेसनका सुवेक्षुक तथा सल्लाहकार जीवलाल पन्थी, उमालाल बन्जाडे , पुरुषोत्तम बस्याल लगाएतले मन्तव्य राख्दै साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

फाउन्डेसनका उपाध्यक्ष कमल प्रसाद खनालको स्वागत रहेको कार्यक्रममा अध्यक्ष विष्णु प्रसाद भुसालद्वारा प्रस्तुत वार्षिक कार्य योजना सुझाव सहित पारित भएको छ। कार्ययोजनामा विगत वर्षहरूको कार्यक्रमका अतिरिक्त यो वर्ष विभिन्न खालका व्यक्तित्व विकास, ड्रेस डिजाइन, मोटरसाइकल मर्मत लगायतका व्यावसायिक तालिम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

बुटवल उपमहानगर उप प्रमुख गोमा देवी आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रम फाउन्डेसनका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षतामा र सचिव राजु उप्रेतीको सञ्चालनमा सम्पन्न भएको थियो ।