भारतीय बदेल सहित दुई जना पक्राउ । - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

भारतीय बदेल सहित दुई जना पक्राउ ।



रबिन्द्र यादव/ नवलपरासी पश्चिम

नवलपरासीमा भारतीय बँदेल सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ स्थित गण्डक नदिको बैदैली पुलमा शनिवार बिहान करिब ५ बजे भारतीय नाका रेगंहिया बाट अवैध भन्सार छलेर भारतीय प्लेट नं युपी ५३ बिटी ७९३१ पिकप गाडीमा लोड गरेर ल्याउदै गरेको सुराकीको अाधारमा चेकजाँचको क्रममा गुठी परसौनी प्रहरीको गस्ती टोलीले उक्त बदेलहरु पक्राउ परेका हुन ।

गुठी परसौनी चौकीका असइ घनश्याम रिमालका अनुसार ९ वटा बँदेल मध्ये ३ वटा जंगली र ६ वटा क्रसिङ्ग बँदेल रहेका छन् । यी बदेलहरु भारत जिल्ला महाराजगंज फरेन्दाको जोगिया बारि जंगल बाट ल्याइएको प्रहरीले बताएको छ । नेपालको कुन ठाउँमा यी बदेलहरु जादै थिए भने पता लगाउन प्रहरी अनुसन्धान गरि रहेको छ । बदेल सहितको गाडी र दुई भारतीय नागरिक समेत लाई इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाएको रिमालले बताए । उता जिल्ला प्रहरीका प्रवक्ता विरेन्द्र थापाले जिल्ला बन कार्यालय संग समन्वय गरेर अावश्यक प्रक्रिया अगाडि बढाइने बताएका हुन ।

नवलपरासी पश्चिम जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर अबैध चोरी निकासी बढि रहेको जन गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो ।