मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग



काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, वाईडबडी विमान खरिद काण्डमा मुछिएका पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली काँग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकका विशेष समय लिएर बोल्दै उनले उनले ४ अरब ३५ करोड सो वाईडबडी विमान खरिद प्रकरणका दोषीलाई कार्वाही गर्नुको साटो छानविन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरिन् ।

उनले विमान खरिदमा भएको अनियमिततासम्बन्धि छानविन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने बताइन् ।

। काँग्रेस सांसद आलेले वाईडबडी विमान खरिदमा संसदीय उपसमितिले दोषी ठहर्याएकाहरुलाई तत्काल कार्वाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।