विवेकशील साझाको माग :वाइडबडी प्रकरणमा संलग्न मन्त्री अधिकारी सहित सबैलाई मुक्त गरियोस्
विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाईडबडि विमान खरिद प्रकरणमा संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल उनीहरूको कार्यभारबाट मुक्त गरि निष्पक्ष कानुनि र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन नेपाल सरकारसंग जोडदार माग गरेको छ।
पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले आज एक विज्ञप्ती जारी गर्दै वाईडबडि विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको समाचार प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन । सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले राज्य प्रणालीनै भ्रष्टाचारको चरम विकृतीको रुपमा देखिएको भन्दै राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने परम्परागत राजनीतिक अभ्यास नै भ्रष्टाचारजन्य समस्याको मुल कारण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा राज्य प्रणालीमै भ्रष्टाचारलाई वैधता दिने गरि जानीबुझि छिद्र राखेर गरिने कतिपय नीतिगत भ्रष्टाचारका विषय सार्वजनिक समेत नहुने भन्दै यस्ता विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दल लगायत समग्र समाजले आ आफ्नो ठाउँबाट गंभिर र सार्थक पहल गर्नका लागि आह्वान गरिएको छ । विभिन्न संघ संस्थासंग भ्रष्टाचार विरोधि अभियानमा एकवद्ध भएर अघि बढ्न पार्टी प्रतिवद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पढ्नुस विज्ञप्तिको पूर्ण अंश :
वाइडबडीबारे विवेकशील साझाको प्रेस विज्ञप्ति
नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको समाचारप्रति विवेकशील साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ। संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल उनीहरूको कार्यभारबाट मुक्त गरि निष्पक्ष कानुनि र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन नेपाल सरकारसंग विवेकशील जोडदार माग गर्दछ।
सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ। अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन्।
राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्पारिक राजनीतिक अभ्यास नै यो समस्याको मुल कारण हो। यो विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दल लगायत समग्र समाजले आ-आफ्नो ठाउँबाट गंभिर र सार्थक पहल गर्नका लागि हाम्रो पार्टी आह्वान गर्दँछ। विवेकशील साझा पार्टी विभिन्न संघ-संस्थासंग भ्रष्टाचार विरोधि अभियानमा एकवद्ध भएर अघि बढ्न पनि प्रतिवद्ध छ।
डा सूर्यराज आचार्य
प्रवक्ता विवेकशील साझा पार्टी
१९ पुष २०७५