रेशम चौधरीको बिरोधमा तरुण दलले निकाल्यो विज्ञप्ती - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

रेशम चौधरीको बिरोधमा तरुण दलले निकाल्यो विज्ञप्ती



काठमाडौं। नेपाल तरुण दलले कैलाली निर्वाचन क्षेत्र नम्बर एकका सांसद रेशम चौधरीलाई सपथ खुवाउनु संविधान कानून विपरित भएको जिकिर गरेको छ ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुर घटनाका दोषी भएको भन्दै तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले एक विज्ञप्ती जारी गरेर वर्तमान केपी ओली शर्मा सरकारले लोकतन्त्रको मुल्य मान्यतालाई कुल्चीन थालेको आरोप लगाएका छन् ।

प्रेस विज्ञप्ती
बर्तमान कम्युनिस्ट सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई कानून बिपरित जेलबाट निकालेर सांसद पदको सपथ गराउने कार्य नेपालको संविधान र कानूनी सासनको ठाडो उल्लंघन गर्नुकासाथै लोकतान्त्रिक मूल्य मान्यता बिपरित छ ।

२०७२ भाद्र ७ गते टीकापुरमा भएको निर्मम र बर्बरता पुर्ण हत्याकाण्डमा मारियका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रूपमा कारबाही गर्नुको साटो उल्टै सम्मान स्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानूनी राज्यको उपहास गरेको छ । सरकारले हालै गरेको यो अबैधानिक, निरङ्कुस, अमानवीय र अन्याय पुर्ण निर्णयको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ।

आफ्नो सत्ता स्वार्थको नाममा हत्या गरिएका निर्दोष नागरिकका परिबारलाई थप पीडा दिने हर्कत नगर्न यो सरकारलाई नेपाल तरुण दल सचेत गराउन चाहन्छ ।

भुपेन्द्र जङ्ग शाही
महासचिव
नेपाल तरुण दल