विवेकशील साझा पार्टीमा गम्भीर मतभेद,रवीन्द्रविरुद्ध उज्ज्वलका ७ आरोप - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

विवेकशील साझा पार्टीमा गम्भीर मतभेद,रवीन्द्रविरुद्ध उज्ज्वलका ७ आरोप



काठमाडौं । पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरका फेहरिस्त उल्लेख छन्।

‘विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा’ शीर्षकमा ‘पार्टी सदस्यका लागि’ पठाइएको १८ पृष्ठ लामो प्रतिवेदनमा थापाले राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन्। उनले अब पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने संकेत गरेका छन्।

राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित दलको नेतृत्व चयन गर्छ। ‘दलको राष्ट्रिय महाधिवेशनको तुरुन्तै घोषणा गर्नु जरुरी छ र तदपश्चात निर्वाचित पादाधिकारीले नै दलको नेतृत्व लिनुपर्छ’, थापाको प्रतिवेदनमा उल्लेख छ, ‘अहिलेको तदर्थ केन्द्रीय/संयोजन समिति र दलका जुझारु सदस्य थपेर महाधिवेशन समितिमा परिणत गरिनुपर्छ।’

संयोजक थापाको प्रतिवेदनले भन्छ – विवेकशील साझामा ठूला र वैचारिक विषयमा मात्र होइन, मसिना विषयमा पनि झगडा छ। उनले एक लाख ६० हजार मासिक भाडा तिरिएको बखुन्डोलस्थित केन्द्रीय कार्यालय प्रयोगमै आउन नसकेको लेखेका छन्। कान्तिपुरबाट