नेकपा भित्रै तीन गुट रहेको तथ्य सार्वजनिक - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

नेकपा भित्रै तीन गुट रहेको तथ्य सार्वजनिक



काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन् ।

नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशनउन्मुख हुन थालेको छ । महाधिवेशन नभई गुट राजनीति कम नहुने बरु यो पार्टीका सबै निकायमा निरन्तर हुने संकेतसमेत प्राप्त भएका छन् । –नागरिक दैनिकबाट