एकता विथोल्ने विरुद्ध लाग्नुस् :प्रम ओली - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

एकता विथोल्ने विरुद्ध लाग्नुस् :प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय खल्बल्याउने प्रयास भइरहेको बताउनु भएको छ ।

‘केही शक्ति अझै पनि मुलुकको शान्ति, सामाजिक भद्भाव र राष्ट्रियता खबल्याउन चाहन्छन् र उनीहरुको त्यसको लागि सक्रिय भइहेका छन्’

आइतबार टुंडिखेलमा आयोजित कार्यक्रममा उहाँलेभन्नुभयो, ‘उनीहरुको त्यो योजना सफल हुनेछन, त्यसलाई असफल पार्नुपर्छ । त्यसलाई असफल पार्न विभिन्न समुदाय लाग्नुपर्छ । यहाँहरु पनि एकता विथोल्नेविरुद्ध लाग्नुस् ।’

प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको बाटोमा अगाडि बढिसकेको उल्लेख गर्दै त्यसलाई अब कसैले पछाडि धकेल्न नसक्ने बताउनु भयो । ‘जनतामा सुशासन र विकासको तीव्र आकाक्षा छ’ उहाँले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखी नेपाली संकल्प पूरा गर्न सबै मिलेर लाग्नुपर्छ ।’

उहाँले विभिन्न जातजातिले मनाउने चाडपर्वमा सार्वजनिक बिदा दिने विषयमा आफूले विधिपूर्वक निर्णय गर्ने बताउनुभयो ।