दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबूको बैंक खाता रोक्का - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबूको बैंक खाता रोक्का



दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबूको बैंक खाता सरकारले रोक्का गरेको छ ।

समयमै कर नतिरेको भन्दै भारतको वस्तु तथा सेवा कर विभागले उनको बैंक खाता रोक्का गरेको हो । महेश बाबूले १८.५ लाख रुपैयाँ बराबरको कर नबुझाए पछि विभागले कार्बाहीको रुपमा यो कदम चालेको हो ।

महेश बाबूले सन् २००७–८ मा गरेका आम्दानीको कर नबुझएपछि अहिले ब्याज र जरिवाना लगाएर ७३.५ लाख रुपैया तिनुपर्ने देखिएको छ । उक्त रकम असुल गर्नका लगि विभागले महेश बाबूको एक्सिस बैंक र आईसीआईसीआई बैङ्क गरी २ वटा खाता रोक्का गरेको हो ।

सन् २००७–८ मा महेश बाबूले कैयौं ब्राण्डका विज्ञापन तथा फिल्ममा अभिनय गरेर कमाएको रकमको कर तिरेका थिएनन् ।

महेश बाबू दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता हुन् । साथै उनी दक्षिण भारतीय फिल्म उद्योगमा सर्वाधिक पारिश्रमिक लिने अभिनेतामध्येका एक हुन् । उनल दक्षिण भारतीय फिल्म उद्योगमा कैयौं सुपरहिट फिल्ममा काम गरिसकेका छन् ।

साथै सामाजिक संजालमा साउथ अभिनेता मध्य महेश बाबूका फ्यान फलोइङ सबैभन्दा धेरै रहेको छ ।