नेपाल प्रहरीमा ३ हजारभन्दा बढीलाई जागिर - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

नेपाल प्रहरीमा ३ हजारभन्दा बढीलाई जागिर



काठमाडौं ।सरकारले नेपाल प्रहरीमा ३ हजारभन्दा बढी दरबन्दी थप गरेको छ । करिब ७५ हजार जनशक्ति कार्यरत रहेकोमा थप ३ हजार १ सय १ अधिकृत तथा जवानको दरबन्दी स्वीकृत भएको हो ।

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा प्रहरी चौकी स्थापना गर्ने अवधारणाअनुसार ३ हजार भन्दा बढी अधिकृत तथा जवानको जनशक्ति थप भएको जानकारी दिनुभयो । थपिएकामध्ये ९५ प्रतिशत जवान र बाँकी अधिकृत तथा जुनियर अधिकृतको दरबन्दी रहेको प्रहरी मुख्यालयले जनाएको छ ।

‘एक स्थानीय तहमा न्यूनतम एउटा प्रहरी चौकी रहनुपर्छ भन्ने हाम्रो प्रस्ताव थियो’ प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, त्यही प्रस्तावअनुसार तत्कालका लागि चौकी स्तरोन्नति र स्थानीय तहमा सुरक्षा प्रबन्धअन्तर्गत जनशक्ति थप भएको हो । समाचार काराेबार दैनिकमा समाचार प्रकाशित छ ।