एक महिलाको क्षमता १० पुरुष बराबर हुन्छ:ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुरुषको तुलनामा महिलामा असीमित क्षमता हुने भन्दै उनीहरुको क्षमता मुलुक विकासमा लगाउनुपर्ने बताएका छन् ।
नेपाल चेम्बस अफ कमर्समा आबद्ध महिला उद्यमीहरुसँग सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले पुरुषको तुलनामा महिलामा १० गुणा बढी क्षमता हुने उल्लेख गरे । महिला उद्यमीमा लुकेको असीमित क्षमता लुकेको भन्दै उनले त्यसलाई प्रस्फुटित गराउन जस्तोसुकै सहयोगका लागि सरकार तत्पर रहेको प्रतिबद्धता जनाए । ‘अनुशाििसत, योग्य तथा सस्कारित नागरिक सिर्जना गर्न एक जना महिलाले राष्ट्र, परिवार र समाजलाई दिने योगदान अन्यको दाँजोमा धेरै हुन्छ’, प्रधानमन्त्रीले भने, ‘एक महिलाको क्षमता १० पुरुष बराबर हुन्छ ।’ उनले महिला उद्यमीहरुबाट देश र समाजले ठूलो आशा राखेको भन्दै सबैसँग हातेमालो गरी उत्पादकत्व बढाउन र विदेशमा निर्यात गर्न सकिने गुणस्तरीय बस्तु उत्पादन गर्न आग्रह गरे ।
उनले उद्यमीहरुलाई महिलाको विकास, साक्षरता र ज्ञानमूलक तालिमका लागि सरकारले विशेष सहयोग गनेै प्रतिबद्धता पनि जनाए । त्यस अवसरमा महिला उद्यमीहरुले नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरकी अध्यक्ष डा. अञ्जान शाक्यलाई इजरायलका लागि नेपाली राजदूत सिफारिस गरेकामा प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिए ।