पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका नेता नारायणकाजी श्रेष्ठबीच भेट - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका नेता नारायणकाजी श्रेष्ठबीच भेट



काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ ।

साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो ।

बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए । नागरिक दैनिकले समाचार छापेको छ ।

काठमाडौं फर्किंदै गरेका श्रेष्ठ पनि विमानस्थलको भिआइपी रुममा पुगेपछि दुवैबीच भेट भएको हो । श्रेष्ठ विमानस्थलको भिआईपी कक्षमा जाँदै गर्दा विमानस्थलमा खटिएका प्रहरी जवानले विमानस्थलमा पूर्वराजा आएको जानकारी गराएका थिए ।

श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नेता श्रेष्ठलाई नमस्कार गर्दै हालखबर सोधेका थिए । हालखबर सोधपुछपछि श्रेष्ठले पूर्वराजालाई के पढ्दै हुनुहुन्छ भन्दै सोधेका थिए ।

जबाफमा पूर्वराजा शाहले मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ पढिरहेको बताएका थिए । उक्त पुस्तक प्रकाश कोइराला र मनीषाले उपहार दिएको जानकारी पूर्वराजा ज्ञानेन्द्रले दिएका थिए ।