हिन्दूराष्ट्र पुर्नस्थापनाको लागि फागुन दोस्रो साताबाट आन्दोलन शुरु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र पुर्नस्थापनाको लागि फागुन दोस्रो साताबाट आन्दोलन गर्ने भएको छ । राप्रपाका अध्यक्ष कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दू राष्ट्र पुर्नस्थापनाको आन्दोलन शुरु गरिने बताउनु भएको छ ।
‘आन्दोलन सरकारविरुद्ध नभई राष्ट्रियता र पहिचानको लागि हुनेछ’ उहाँले भन्नुभयो, ‘मुलुक हिन्दूराष्ट्र नभएसम्म राष्ट्रियता बलियो हुँदैन । स्वाभिमान र पहिचानको हिन्दूराष्ट्र र राजसंस्था पुर्नस्थापना गर्नुको विकल्प छैन ।’
अध्यक्ष थापाले सनातन धर्ममा विश्वास राख्ने राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभयो । मुलुकमा हिन्दूराष्ट्र पुनस्थापना भएरै छोड्ने उहाँको दाबी छ ।