पूर्वप्रधानमन्त्रीलाई सात बर्षको जेल सजाय - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

पूर्वप्रधानमन्त्रीलाई सात बर्षको जेल सजाय



इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ ।

भ्रष्टाचारसम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहनुभएका शरीफलाई अदालतले अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो ।

फैसला पूर्वप्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएकाे बताइएको छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्नुभएका शरिफले भने आफुमाथि लागेका भ्रष्टाचारसम्वन्धी सबै आरोपहरूको खण्डन गर्नुभएको छ । उहाँले पाकिस्तानमा प्रायः हावी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउदै आउनु भएको छ ।

सोमबारको फैसलामा राज्य शक्ति र श्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा पारिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ ।

पाकिस्तानी राज्यद्वारा सञ्चालित टेलिभिजनले उहाँलाई अदालतले १५ लाख पाकिस्तानी रूपैँया जरिवाना समेत तोकेको समाचार प्रसारण गरेको छ ।