फेरिदै जोगिटारी गाँउको मुहार(फोटो फिचर)
हिमाल पोस्ट संवाददाता
आजको समयमा हरेक नागरिकलाई चाहिने विकास हो तर विकासको विकल्प के होत ? साधरणतया भन्नुपर्दा गाउँघरमा सिँचाइ बाटोघाटो बिजुली बत्ती स्वाथ्य चौकी र विद्यालय आदि ।
पहिले प्युठान जिल्ला त्यसपछि अर्घाखाँची जिल्ला असुरकोट गाविस वार्ड नम्बर-९ गणतन्त्र पछि अहिलेको नयाँ नाम अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर-५ मा अवस्थित एउटा सुन्दर बस्ती “जोगिइटारी गाउँ” राजा महाराजाको पालामा जोगीहरूले कुटी बनाएर बसेको एउटा टार थियो त्यसपछि बिस्तारै नाम जोगिइटारी बन्न पुग्यो । कुनै बेला यो गाउँका छोरा मान्छेहरूलाई अन्य गाउँबाट छोरी दिन पनि नचाहने ठाउँ थियो कारण बस्ती सानो गाउँको दुवैतिर खोला थिए आवतजावत गर्नलाई समस्या अर्को कारण गाउँ पहाडको फेदमा भएको कारण बढी गर्मी हुने औलो लाग्छ औलो एक प्रकारको बिमार थियो त्यसैले हुनुपर्छ भन्ने अनुमानित गरिएको गाउँका बुढापाकाहरुले बताउँछन् वारिपारि खेतीपाती गर्दा ज्यानको बाजी राखेर खोला तरेर हिँड्नुपर्ने बिधालय जाँदा पनि खोला तर्नै पर्ने कुनै समय वर्षा र भेलको कारण असार देखि भदौ सम्म स्कुल जान नपाउने स्थिति थियो ।
अहिले यही गाउँ सबैको प्यारो हुँदै गएको छ मगरै मगरहरूको बसोबास रहेको यो गाउँमा बाटो, आजको समयमा उज्यालोको लागि बिजुली बत्ती, १२ महिना सिँचाइ गर्न सकिने पानीको व्यवस्था नजिक पायक पर्ने बनजंगल र नुहाउन धुलाउन छापे खोला र खाकाबेसी खोला योग्य बनेको छ । चैत वैशाखमा डाँडापाखामा पानीको मुहान सुक्दा धेरै समस्या खेपेको देखिन्छ तर यो गाउँका मानिसहरूलाई अहिलेको समयमा त्यस्तो कुनै चिजको अभाव भएको महसुस कमी भएको छैन । खुम बहादुर रोका मगरको अध्यक्षतामा हालै निर्माण गरिएको नयाँ मोटर बाटोले गाँउलाइ अझै बढी शोभा र सुविधा हुने भएको स्थानीय युवा महेश बुढा मगर ले बताए खोलामा झोलुङ्गे पुल र पक्की पुलको निर्माणले झनै शोभा बढेको छ । कमी छ त केवल नजिक विधालय र स्वास्थ्य चौकी को फेरिपिनी यो गाउँका जनताले त्यो पनि आशा गरेको छ कि गाउँमा एक दिन स्वास्थ्य शिक्षा र सुरक्षा को पनि व्यवस्थापन हुनेछ ।
पहाडी भेकको पूर्व पश्चिम राजमार्ग मुख्य बाटो नै यही गाउँ हो दुइटा जिला अर्घाखाँची र प्युठानको सिमानामा भएकोले पुठानको रिङरोड बनेको छ प्युठान जिल्लाको सदरमुकाम खलङ्गा बाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क सम्म दैनिक गाडिको सुविधा छ त्यति मात्र होइन कपिलवस्तु को कृष्णनगर बाट जोगिटारी र अर्को दिन बिहानै सिधा बुटवलको लागि बसको सुविधा छ । कुनै बेला दिउसमा पनि डर लाग्ने ठाउँ आजकल जहिलेपनी रमाइलो हुँदा यस गाउँका बासिन्दाहरू अहिलेको तीव्र विकासले हर्षित भएका छन् ।
हालै गाउँकै युवाहरूको ग्रुपले यही गाउँको अछिन्ते को भुतादुलो गुफा को सर्वेक्षण गरेका थिए यो गुफा प्रचारप्रसार को अभावमा ओझेलमा परेको छ गुफालाइ व्यवस्थापन गर्न गाउँका ब्याक्तिहरु लागिपरेका छन् बजेट र उपकरणको अभावमा काम अघि बढ्न नपाएको स्थानीय बासिन्दाहरूको भनाइ छ । जोगिइटारी गाउँ भविष्यमा प्युठान जिल्ला र अर्घाखाँची जिल्लाको पर्यटन क्षेत्र बन्ने सम्भावना बढी देखिएको छ । अर्घाखाँची को सुपा देउराली जस्तै प्युठान को बिजुलीकोट र स्वर्गद्दारी लाई पनि यो क्षेत्रले राम्रो प्रभाव पार्नेछ । आशा छ समाचारले यो ठाउँको विकास का निम्ति सरकार र सरोकारवाला हरुको ध्यानाकर्षण गर्ने छ ।