पोखरा देखि दिल्ली चल्ने नेपाल–भारत मैत्री बस दुर्घटना, चालकको घटना स्थल मै निधन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

पोखरा देखि दिल्ली चल्ने नेपाल–भारत मैत्री बस दुर्घटना, चालकको घटना स्थल मै निधन



आगरा । नेपालको पोखरा देखि दिल्ली जाँदै गरेको नेपाल–भारत मैत्री बस शनिवार विहान आगरा नजिक यमुना एक्सप्रेस हाइवेमा दुर्घटना भएको छ ।

विपरित दिशाबाट घुम्दै गरेको ट्रकसँग ठक्कर खाँदा सो दुर्घटना भएको नेपाल–भारत मैत्री बस सञ्चालन समितिका एक सदस्य नारायण शर्माले हामीलाई बताए । “घटनामा बस चालक गोपाल ठकुरीको घटना स्थल मै मृत्यू भयो ।” शर्माले भने– “गोपाल ठकुरी वर्ष ४५, पहिला गोर्खापालुङटार हाल पोखरा निवासी हुन् ।” शर्माको अनुसार बस चलाक ठकुरीको शव एम्बुलेन्स मार्फत पोखरा पुर्याइँदै छ । अन्य घायल यात्रीहरुलाई सामान्य चोटपटाक लागेकोले हिंज नै दिल्ली पुर्याई सामान्य उपचार पश्चात आ–आफ्नो गन्तव्य स्थलमा पठाइएको शर्माले बताए ।

५ जना यात्रीहरुको आगरास्थित रामबागमा रहेको श्रीकृष्ण अस्पतालमा उपचार चलिरहेको छ । आज दिउँसोसम्म उनीहरुलाई पनि डिस्चार्ज गरिने छ ।बस शुक्रबार विहान साढे सात बजे पोखरादेखि ३७ यात्रीहरु लिएर दिल्ली रवाना भएको थियो ।