मन्त्रीहरुको लाचारीपन: भन्छन थाहानै भएन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मन्त्रीहरुको लाचारीपन: भन्छन थाहानै भएन



इन्धनमा दोहोरो सुविधा लिइरहेका मन्त्रीहरूले यसबारे आफूलाई थाहै नभएको दाबी गरेका छन्।

२४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा-सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरूले मन्त्रालय वा मातहतका कार्यालयबाट तेल हालिरहेको खबर सार्वजनिक भएको थियो।

अधिकतर मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको खुलासा भएको थियो। तर यसबारे आफूलाई थाहै नभएको मन्त्रीहरूले बताएको आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

ईश्वर पोखरेल
मेरोतर्फबाट सचिवालयका कसैले भूलचुक गरेको रहेछ भने म बोल्छु । गैरकानुनी तरिकाले सुविधा लिएको भए अनुचित हो, त्यसो हुन दिइन्न।

मातृका यादव
मेरो तलबभत्ता आफै बुझ्दिनँ । मेरो खातामा पनि पैसा आउँदैन । सबै स्वकीय सचिवले बुझ्नुहुन्छ । दोहोरो सुविधा लिएको भए सच्याउँछु।

रघुवीर महासेठ
मसँग दुईवटा गाडी छन्, गृह र आफ्नै मन्त्रालयले दिएको । दुवै गाडीमा म आफै इन्धन हाल्छु । मेरो सचिवालयले के जानकारी दियो, मलाई थाहा छैन । (तर, उनको सचिवालयले भने इन्धन सुविधा लिने गरेको जानकारी दियो)

गोकर्ण विष्ट
मन्त्रीका प्रेस संयोजक मदन खनालले भने, ‘समाचार प्रकाशित भएलगत्तै सचिवालय र प्रशासन महाशाखाका कर्मचारीलाई बोलाएर जानकारी लिनुभएको छ, कार्यविधि र निर्देशिकामा के छ भनेर पत्ता लगाउनू भन्नुभएको छ।’

शक्ति बस्नेत
मन्त्रीका स्वकीय अधिकृत तथा भतिज मुक्ति बस्नेतले भने, ‘पहिला व्यवस्था के थियो, अभ्यास के थियो भन्ने हेर्नुप¥यो, अभ्यासलाई मान्दै आएको हो, गलत भए सच्याउँछौँ । गाडी र इन्धनको विषयमा मेरो धारणाले हुँदैन, मन्त्रीज्यूलाई भन्छु।’

गोकुल बाँस्कोटा
यो विषयमा प्रधानमन्त्रीज्यूले पनि प्रश्न उठाउनुभएको छ। प्राविधिक त्रुटि भए सच्याएर जानुपर्छ भन्ने छ । तर, मेरो विषयमा गृहले दिएको गाडीमा इन्धन आफै हाल्छु, काठमाडौंबाहिर जाँदा जिपमा मन्त्रालयले इन्धन हाल्छ।