काँग्रेसको महासमिति बैठक र नेताहरूको मनोभावना । - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

काँग्रेसको महासमिति बैठक र नेताहरूको मनोभावना ।



कर्ण अधिकारी।

नेपाली काँग्रेसको २९ मङ्सिर देखि ३ पौष सम्मका लागि तय गरिएको महासमिति बैठक तीन दिन पछि सम्म लम्बिएको छ।पार्टीको विधान संशोधनको मस्यौदामा अझै विवाद भएका कारण सहमति नभए सम्म लम्बिनु स्वाभाविकै पनि हो।१४ सयभन्दा बढी महासमिति सदस्यहरू सहभागी हुने बैठकले काँग्रेसको प्रस्तावित विधान अनुमोदन गर्नका लागि पहल गरी रहेका छन्।

सङ्घीय संरचना अनुसार काँग्रेसको कार्य समिति नभएकाले बैठकमा विगतकै पुरानो निर्वाचन प्रणाली अनुसार महासमिति सदस्यहरू सहभागी भएका छन्।नेपाली काँग्रेसको महासमिति बैठक प्रत्येक वर्ष वर्षमा हुनु पर्नेमा धेरै वर्षको अन्तरालमा हुनुले पार्टी संरचनामा नै धक्का पुगेको अनुमान लगाउन सकिन्छ।काँग्रेसका केन्द्रीय कमिटीमा रहेकाहरूले विधान संवत् नगएर विधानको विपरीत धारमा रहेर पार्टीको काम कार्बाही चलाउनाले काँग्रेस भित्र असन्तुलको अवस्था सृजित भएको हामी पाउँदछौ पार्टी सभापति शेर बहादुर देउवाले १३ औँ महाधिवेशन पश्चात् पार्टी सम्हालेको ३४ महिना पछि महासमिति बैठक बसेको छ।विशेषतः: महासमिति बैठकमा काँग्रेस भित्रको समसामयिक विषय र विधान संशोधनका लागि बस्ने गरेको हामीले पाए पनि त्यस बैठकमा महा समिति सदस्य चुनिएकाहरूले पार्टीका हक हितका लागि आफ्ना मनमा लागेको कुराहरू खुलस्त रूपमा भन्न र राख्न पाउने स्थलको रूपमा लिन सक्दछौ।

नेपाली काँग्रेस स्थापना भएको ७ दशकमा काँग्रेसको इतिहास र बर्तमानलाई मध्य नजर गर्दै अहिलेको नयाँ सङ्घीय संरचना अनुरूप पार्टीको विधानलाई केन्द्र देखि ईकाई सम्म परिवर्तन गर्दै लागु गर्न जरुरी छ।विपी कोइरालाको सामाजबादलाई मध्य नजर राख्दै जनताको मनोभावनालाई आत्म सात गर्दै समृद्ध नेपालको परिकल्पना गरी काँग्रेस अगाडी बढ्न जरुरी छ।मुलुकको मूल कानुन संविधान भए जस्तै नेपाली काँग्रेसको मूल कानुन विधान हो।विधानलाई समयानुकूल चलायमान बनाउन केन्द्र र महासमिति सदस्यहरूले बिना स्वार्थ पहल गर्नु पर्दछ।काँग्रेसले नेपालको संविधानको दायरामा रहेर पार्टीको विधानलाई लागु गर्नु पर्दछ।भदौ ९ देखि महामन्त्री पूर्ण बहादुरको खड्काको संयोजकत्वमा तयार गरिएको विधानको संशोधन मस्यौदा कमिटीले विधान संशोधन मस्यौदा केन्द्रीय कमिटीमा पेस गरी सके पछि बसेको बैठकले अझै विधान संशोधन मस्यौदालाई टुङ्गोमा पुराउन सकेको छैन।

संशोधनका लागि तयार भएको विधानको मस्यौदा बैठकमा पेस गर्न नसके पनि राजनीतिक, समग्र आर्थिक र साङ्गठनिक प्रस्ताव बैठकमा पेस भएको छ।कसैलाई पनि पार्टी कसरी बलियो बनाउने, आगामी निर्वाचनमा कम्युनिस्ट वर्चस्व चिरेर पार्टीको साख कसरी व्यूताउने,सङ्गठनलाई चुस्त दुरुस्त कसरी बनाउने भन्ने बारे कुनै चिन्ता नभएको कुरा महासमितिको माहौल हेर्दा स्पष्ट देख्न सकिन्छ।संस्था बलियो भएमा मात्रै आफू बलियो भइन्छ र भविष्य सुरक्षित हुन्छ भन्नेमा कसैले ध्यान पुर्‍याउन सकिरहेका छैनन्। नेपाली काँग्रेसका अधिकांश नेताहरू पार्टी भित्र आफ्नो वर्चस्व कसरी कायम गर्ने भन्ने बारे चिन्तित भएको हामी पाउँदछौ।बोल्ने क्रममा कतिले आफूले टिकट नपाएको,कतिले टिकट पाउँदा पनि चुनाव आफ्नै पार्टीका नेता कार्यकर्ताले चुनाव हराएको रोश प्रकट गरी रहेका छन्।

जब सम्म काँग्रेस बलियो हुँदैन तब सम्म नेता र कार्यकर्ता बलियो हुँदैन भन्ने कुरा ती नेताहरूले भुल्दै गएका छन्।पार्टीको हितलाई भन्दा पनि व्यक्तिगत हितलाई मध्य नजर राखेर अगाडी बढ्नेहरूले विधान संशोधन मस्यौदामा खासै बहस गर्न चाहँदैनन्।काँग्रेस भित्र एकदमै अनुशासनको कम्जोरी रहेको कुरा हामी प्रस्ट देख्न सक्दछौ।पार्टी सभापतिले बोली रहँदा बाँसको झाङमा सारौटे कराए झैँ कराई रहेको भिडियो सामाजिक सञ्जालमा छरी रहँदा लाग्छ यी महासमिति सदस्यहरूलाई अनुशासन सम्बन्धी प्रशिक्षण दिन जरुरी छ।सबैले पार्टीको विधानलाई आत्मसात् गरेर अगाडी बढ्न जरुरी छ।महासमिति बैठकका आयोजक टिमबाट केही कमी र त्रुटिहरू भए त्यसलाई सच्चाएर अगाडी बढ्न जरुरी छ।

नेपाली काँग्रेसले विधान संशोधनमा नेपाली काँग्रेस केन्द्रीय समितिबाट महासमितिको बैठकमा प्रस्तुत भएको पदाधिकारी र सदस्यहरूको व्यवस्था भने यस्तो रहेको छ।सभापति १ निर्वाचित,उपसभापति २ निर्वाचित,महामन्त्री २ निर्वाचित,सहमहामन्त्रि २ निर्वाचित,कोषाध्यक्ष १ मनोनीत,प्रवक्ता १ मनोनीत र केन्द्रीय समिति १६१ बनाउने सहमति भएको छ ।यसलाई हामीले स्वागत योग्य रूपमा हेर्नु पर्दछ।यस विषयमा पनि सहमति जुट्न सकेको थिएन अब सहमति जुटेको छ।यसले पार्टीको संरचना र पपुलर रहेका नेताहरूलाई कार्यकर्ताको मत पाएर निर्वाचित हुन सहज हुनेछ।साथै टिके प्रथाको अन्त्य हुने छ।

महासमिति बैठकका महासमिति सदस्यहरूलाई विधानको संशोधन मस्यौदा वितरण गर्न नसक्नु गम्भीर कम्जोरी हो।पटक पटक समय सार्दै तय गरिएको बैठकमा अझै अभ्यास नपुगेको प्रस्ट देखिएको छ।पार्टी भित्र कसरी आफ्ना गुटलाई मजबुत बनाउने भन्ने तिर नेताहरू लागि परेका छन्।महासमिति बैठकले नयाँ बिहानी ल्याउने छ भन्दै प्रतीक्षामा बसी रहेका कार्यकर्तालाई खासै खुसी दिन सकेको छैन।काँग्रेसले वर्तमान अवस्थामा प्रतिपक्षको राम्रो भूमिका निभाउन सकेको छैन।विश्वबाटै लोप हुन लागेको कम्युनिस्टहरू नेपालमा मल जल सहित सप्रिनु कसको कम्जोरी थियो भन्ने बारे नेताहरूलाई सोच्ने समय सम्म छैन।२००७ साल देखि १७ साल सम्म र ४८ देखि ७४ साल सम्म अधिकांश समय सरकारको बागडोर सम्हालेको काँग्रेस कसरी पछाडि पर्‍यो र हामीले किन भोटर बढाउन सकेनौ भन्ने चिन्ता कसैले लिएको देखिएन।नेतालाई भन्दा कार्यकर्तालाई पार्टीको माया लागेको प्रस्ट देखिएको छ।प्राय सबै नेताहरू अवसर वादी बने।जनताको मनो भावना बुझ्न सकेनन्।विकास निर्माणका कामहरू जसरी हुनु पर्थ्यो त्यो गतिमा हुन सकेन।कम्युनिस्टका सस्ता नाराहरूले जनतालाई प्रभावित बनाई छाड्यो।अझै पनि काँग्रेसले समयानुकूल चल्न सकेन भने अझै लामो समय सम्म नेपालमा कम्युनिस्टहरूको वर्चस्व कायम रही रहने छ।