नेकपा फुटाउने यस्तो योजना !
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् ।
आइतबार राजधानीमा माओवादी केन्द्रले पार्टीको आठौँ महाधिवेशनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले यस्तो बताएका हुन् ।
उनले सत्तारुढ दल नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकार रहेको जिकिर गरे । कारोबार दैनिकबाट