राष्ट्रपतिलाई डेढ अर्बको हेलिकोप्टर - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

राष्ट्रपतिलाई डेढ अर्बको हेलिकोप्टर



काठमाडौं : सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ।

मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको हेलिकप्टर खरिद गरेको हो भन्ने खबर काराेबार दैनिकमा छ।

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेको बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्ट्याण्डबाइ रहनेगरी महंगो हेलिकप्टर खरिद गरेको हो।

यो हेलिकप्टर केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै रहनेछ। शितलनिवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निर्माण भएपछि हेलिकप्टर त्यहाँ लैजाने तयारी छ। राष्ट्रपतिका लागि सरकारले मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर १४ करोड रुपैयाँका महँगा गाडीहरु किन्ने निर्णय गरेको थियो।

केही साताअघि नै हेलिकोप्टर नेपाल आइसकेपनि खरिद शर्त/ सम्झौताअनुसार कागजात बुझ्ने क्रममा भएका कारण हेलिकोप्टर हस्तान्तरण प्रक्रिया भने पूरा भइनसकेको सेनाले जनाएको छ।