अब नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अब नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने



काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन ।

अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो । अब भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने भएको छ । नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रुपमा मान्यता दिएको छ ।

त्यसैगरी सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो । सबैको मापन फरकफरक निस्किएको छ । नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो । यसैगरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टानको भागको मात्र उचाइ लिइएको थियो । गोरखापत्रबाट