दीपक मनाङेको मुद्दा सर्वोच्चले पुनः सुनुवाइ गर्ने
काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा हाल थुनामा रहेका दीपक मनाङे (राजीव गुरुङ)को मुद्दा सर्वोच्चले पुनः सुनुवाइ गर्ने भएको छ । चक्रे मिलनको हात छिनाएको मुद्दामा सर्वोच्चले सुनुवाइ गर्ने भएको हो।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो । उनीसँगै गणेश लामासहित अन्य चार जनामाथि उक्त आरोप लागेको थियो।
लामालगायत अन्य प्रतिवादी सर्वोच्च गएर सफाइ समेत पाइसकेका छन्। मनाङेको हकमा पुरावेदन भएको थिएन । सरकारले पुनरावेदनको आदेश कार्यान्वयन गर्न थुनामा पठाएको थियो ।
मनाङे मनाङको प्रदेश (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। सर्वोच्चले मनाङेलाई सफाइ दिए उनी पुन: प्रदेश सांसद हुन बाटो खुल्नेछ।