रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता निरौला विरुद्ध भ्रष्टाचार मुद्दा दायर - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता निरौला विरुद्ध भ्रष्टाचार मुद्दा दायर



रुपन्देही। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार घुस मागेको अभियोग निरौलामाथि लागेको छ । यस्तै कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई रु सात हजार घुस लिँदा लिँदै गरेको अवस्थामा आयोगको टोलीले आज पक्राउ गरेको हो ।

शेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि कम्प्युटर अपरेटर आत्रेयले घुस माग मागेको अभियोग लागेको छ । आरोपी आत्रेयमाथि छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । -रासस