देउवाद्वारा रामचन्द्र पौडेल र गगन थापाको राजीनामा माग - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

देउवाद्वारा रामचन्द्र पौडेल र गगन थापाको राजीनामा माग



काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापाको राजीनामा माग गरिएको छ । सभापति शेरबहादुर देउवाले आफूले मनोनित गरेका सदस्यहरुले आफ्नो विरोध गरेको भन्दै केन्द्रीय समितिबाट राजीनामाको माग गरेका हुन् ।

१३ औँ महाधिवेशनमा सभापति र महामन्त्रीमा क्रमशः पौडेल र थापा पराजित भएपछि सभापति देउवाले केन्द्रीय कार्यसमितिमा मानोनित गरेर लगेका थिए ।

देउवामाथि पार्टीमा विकृति भित्र्याएको आरोप लागेपछि उनले यस्तो विकल्प छानेका हुन् । देउवाको भनाई उदृत गर्दै कांग्रेस निकट स्रोतले भन्यो, ‘मैले गर्दा मात्र पार्टी लथालिंङ भएको मात्र हो र ? आफूलाई गाली गर्न छाड्नुहोस् । पौडेलजीका कारण अनुशासन आयोग बन्न नसकेको हो । अनुशासन आयोग बनेको भए यस्तो अवस्थानै आउने थिएन । सबै दोषलाई मात्र लगाएर तपाईहरु चोखो छु नसोच्नु होस् ।’

गत वर्ष सम्पन्न निर्वाचनदेखि विभिन्न निकायमा हुने नियुक्तिमा समेत भागबन्डाका आधारमा निर्णय भएकोले सबै पार्टीले गरेका राम्रा नराम्रा कामको भागेदार सबै हुनुपर्नेमा देउवाको तर्क थियो ।