देउवा र पौडेलबीच चर्काचर्की - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

देउवा र पौडेलबीच चर्काचर्की



काठमाडौं । महासमितिको बैठकको पूर्वसन्धामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार शुरु हुँदै छ ।

बैठकमा पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठह¥याउँदै आलोचना गरेका थिए । उनले सरकार, संसद् र पाटी नेतृत्व कमजोर बन्दा र कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग बनेको उल्लेख गर्दै समग्र पक्षको पोस्मार्टम गर्नुपर्ने बताएका थिए ।

लगत्तै सभापति देउवा पौडेलप्रति खनिए । पौडेलसँग मात्रै नभएर आफैँले केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेकाहरुले समेत आफुविरुद्ध आलोचना गरेको भन्दै देउवाले आक्रोश पोखेको समाचार कान्तिपुर दैनिकमा छ ।