सामुहिक बलात्कार घटनाका तीन आरोपी पक्राउ - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

सामुहिक बलात्कार घटनाका तीन आरोपी पक्राउ



काठमाडौं । एक वर्षअघि ललितपुरको गोदावरीमा भएको सामुहिक बलात्कार घटनाका तीन आरोपी पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर गोदावरीबाटै पक्राउ परेका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उनीहरु घटनापछि केही समय भारतमा लुकेर गाउँ फर्किएको पाइएको छ । उनीहरुले कार्यालयबाट साँझ फर्कँदै गरेकी युवतीलाई उनीहरुले टाउकोमा हिर्काएर बेहोस बनाइ बलात्कार गरेका थिए । पीडित भोलिपल्ट बिहान तोरीबारीमा बेहोस भेटिएकी थिइन् ।

घटनाको एकसातापछि तीनैजना पक्राउ परेका थिए । तर अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै अघिल्लो वर्ष पुस २६ गते उनीहरुलाई छाड्न आदेश दिएको थियो । उच्च अदालतमा पीडितका परिवारले मुद्दा दायर गरेपछि पीडकहरुलाई थुनामा राख्न आदेश दिएपछि तीनैजना फरार थिए ।