नेविसंघको १२ औँ महाधिवेशनमा युवा नेता उपाध्याय सुदूर पश्चिम प्रदेशबाट सह-महामन्त्री पदमा लड्ने - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

नेविसंघको १२ औँ महाधिवेशनमा युवा नेता उपाध्याय सुदूर पश्चिम प्रदेशबाट सह-महामन्त्री पदमा लड्ने



कैलाली : नेविसंघको आगामी १२ औँ महाधिवेशनमा युवा नेता हृदयराज उपाध्याय सुदूर पश्चिम प्रदेशबाट सहमहामन्त्री पदमा लड्ने भएका छन् ।

नेविसंघ, केन्द्रीय समितिले अाउदाे पुष२८ देखि १२ औँ महाधिवेशन र निर्वाचन कार्य तालिका सार्वजनिक गरे भन्दा अगाडि देखि नै उपाध्याय पदाधिकारी चुनाव लडने मनस्थितिमा थिए । तत्पश्चात् पछिल्लो कार्य तालिका प्रस्तुत भएपछि उपाध्याय आफूलाई प्रदेश सहमहामन्त्री पदका लागि दाबी गर्दै आएका छन्। प्रजातान्त्रिक व्यवस्थाअनुसार नेविसंघको महाधिवेशन हुने भएकाले प्रतिनिधि छनोट भइसकेपछि आधिकारिक रूपमा सबै जिल्ला भम्रण गर्ने निर्वाचनमा आफू सहमहामन्त्री पदमा प्रत्यासी बन्ने बताउनु भएको छ ।

वैचारिक शक्ति नेविसंघकाे आगामी महाधिवेशनमा निर्वाचित भए मात्र काँग्रेस बलियो हुने उहाँको धारणा छ! तत्कालीन अवस्थामा गुमेको पाटीको साख जोगाउन पनि फ्रेस वैचारिक युवा शक्ति नेविसंघको महाधिवेशन उत्रण आवश्यक रहेको उहाँले सामाजिक सञ्जाल मार्फत धारणा राख्नुभएको छ। अहिलेको असहज परिस्थितिमा महाधिवेशन गरे मात्र नेविसंघ सशक्त रूपमा अगाडि जानसक्ने बताएका छन् ।

‘नेविसंघको आसन्न महाधिवेशन तोकेकै समयमा हुन नसक्ने अवस्था भए पनि ढिलो चाडाे छ महिना भित्र नेविसंघ महाधिवेशन हुन सक्ने उहाँको ठहर छ। उहाँले नेविसंघलाई शसक्त र प्रगतिशील संगठनमा उभ्याउन पनि अाफु सहमहामन्त्री पदका लागि तयार रहेको बताउनु भएको छ। उहाँले लम्कि स्थित पत्रकार शीत कुरा गर्दै भनु भयौं यस भन्दा अगाडिका अधिवेशनहरुमा गुट, उपगुट र नेताहरूले भागबन्डा मिलाएर नेविसंघको पदाधिकारी तथा सदस्यहरुको नेविसंघ बन्ने गरेको इतिहास छ। तर,अबको महाधिवेशनबाट यस्तो कार्यलाई समाप्त पार्नका लागि अाम विद्यार्थी साथीहरू जुटेको जानकारी समेत दिनु भएको छ ।

संगठनलाई चुस्तदुरुस्त बनाउनका लागि र अागामि पाटिका चुनाव र पाटी महाधिवेशन लाई समेत याे नेविसंघकाे महाधिवेशनले सहयोग पुग्ने उहाँको विश्वास छ । यसअघि कात्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको समय तोकेपनि विधान र उमेरहद विवादका कारण नेविसंघको महाधिवेशन हुन सकेको थिएन ।