नेपालका तीन गैँडा भारतको जङ्गलमा अलपत्र । - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

नेपालका तीन गैँडा भारतको जङ्गलमा अलपत्र ।



रबिन्द्र यादव/ नवलपरासी पश्चिम

साउनको बाढीमा नारायणी नदीमा बगेर भारतीय भूमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैँडा अलपत्र अवस्थामा रहेका छन् । भारतको सुस्ता जङ्गलमा पुगेका गैँडा फर्काउने प्रयास गरिए पनि एस एस वी र बन कर्मचारीले अवरोध गर्दै आईरहेका छन् । लिनका लागि भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई केन्द्रको अनुमति विना गैँडा फिर्ता लैजान नमिल्ने भन्दै रोक लगाइएको सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र जैसवालले बताउनु भएको छ ।

भारतले आफ्नो बन क्षेत्रमा रहेका गैँडाको रेखा देखका लागि ६ जना कर्मचारी राखेको नेपाल तर्फ आउन रोक लगाएको सुस्ताका स्थानीयहरूले बताएका छन् । अहिले नेपाल बाट बगेर भारत पुगेका ३ वटा गैँडाहरू मध्ये १ वटा गैँडा पोथी हो भने २ वटा गैँडा विहारको सिर्सिया जङ्गलमा रहेको र एउटा विवादित क्षेत्र सुस्ता नजिकैको भारत तर्फको जंगलमारहेका छन् ।

गैँडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट रेन्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ती सहितको टोली सुस्ता पुगेको टोलीले गैँडा फर्काउनका लागि भारतीय बन कर्मचारीहरू सँग पहल गर्दा केन्द्रबाट स्वीकृति लिएर आउनु भनेर कर्मचारीले गैँडा फिर्ता ल्याउन रोकेको सुस्ता बचाउ अभियानका अाजम खाले बताए । खाका अनुसार बन विभाग कर्मचारीको गैर जिम्वारीपुर्णले गर्दा समस्या भएको बताए ।
हात्ती सहितको टोली सुस्तामै रहेको छ ।

चितवनबाट अनुगमनका लागि टोली आउन भनिएको भए पनि अहिलेसम्म सुस्ता आएको छैन । टोली आएर थप अधयन गरेपछि गैँडा फर्काउनका लागि पहल गरिने सुस्ता प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक उपेन्द्र यादवले प्रभाव दैनिक लाई बताए । गैँडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको सशस्त्र र जनपद प्रहरी खटिरहेको छ । नेपाल सरकारले चिनलाई २ गैँडा उपहार दिएपछि भारतले अलि चिढिएको सरोकारवालाहरूले बताउँछन् ।