अब कांग्रेसले दलितहरुलाई भेदभाव गर्ने वा जातीय विभेद गर्नेहरुलाई पार्टीको सदस्यता नदिने - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

अब कांग्रेसले दलितहरुलाई भेदभाव गर्ने वा जातीय विभेद गर्नेहरुलाई पार्टीको सदस्यता नदिने



काठमाडौं – नेपाली कांग्रेसले जातीय छुवाछूतमा संलग्न रहेको पाइए सदस्यता खारेज गरिदिने भएको छ । यही २८ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि यस्तो राजनीतिक प्रस्ताव तयार पारिएको हो ।

केन्द्रीय कार्यसमितिबाट सुझावसहित पारित भएको प्रस्तावको निष्कर्ष सुनाउँदै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेपाली समाजमा व्याप्त जातीय छुवाछूत प्रथाको अन्त्यका लागि विभेद गर्ने कसैलाई पनि पार्टी सदस्यता नदिने र कुनै पनि तहको नेतृत्व या सदस्य त्यस्ता काममा संलग्न प्रमाणित भए पार्टी सदस्ताबाट मुक्त गरिने प्रस्ताव तयार पारिएको हो ।’

२००९ सालमा जनकपुरमा सम्पन्न महाधिवेशनले नै दलितहरुलाई भेदभाव गर्ने वा जातीय विभेद गर्नेहरुलाई पार्टीको सदस्यता नदिने र पार्टीमा सहभागी नगराउने निर्णय लिएको स्मरण गराउँदै उनले भने, ‘नेपाली कांग्रेस पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरुलाई थप क्रियाशील भई समाजमा रहेका सबै जातजातिहरुका बीच अन्तरघुलनका माध्यमबाट समाजको रुपान्तरण र विकास गर्न सम्भव छ भन्ने भावनाको विकास गराउन खोजिएको हो ।’

कांग्रेसले ‘जातिपाति मान्दैनौं, छुवाछूत जान्दैनौं, सँगै बसौं सँगै खाऔं’ भन्ने नारासहित सामाजिक अभियान समेत सञ्चालन गरिने जनाएको छ ।