सरकारको ढाकछोप गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सरकारको ढाकछोप गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली



काठमाडाैं – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले श्रमिकहरुको सम्मान नगर्नेहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’को विरोध गरिरहेको बताएका छन ।

परराष्ट्रमन्त्री ज्ञवालीले ३५ लाख श्रमिकहरुलाई पेन्सनसहितको व्यवस्था गर्न सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसको विरोध नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए । यधपी यसरी भड्किलो कार्यक्रम गर्दा देशव्यापी बिरोध भएको थियो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीको फोटोको विषयलाई उचालेर विरोधीहरुले सामाजिक सुरक्षा कार्यक्रमको विरोध गरेकोमा आपत्ति पनि जनाए ।

अहिले सम्म पनि यो कार्यक्रमको भड्किलो प्रचार र अनावस्यक फोटोको बिषयमा बहस सेलाएको छैन ।

सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्री ओलीको फोटोसहितको होडिङ बोर्ड सडक-सडकमा राखिएकोमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगाएत अन्य सबै दलले बिरोध जनाएका थिए । सोही प्रसंगलाई लक्षित गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले श्रमिकहरुको हितमा सरकारले काम गर्दा चित्त दुखाउनुपर्ने कुनै विषय नभएको स्पष्ट पारे ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको नौं महिने कार्यकाल उपलब्धिमूलक रहेको दावी पनि गर्नु भयो । यसबीचमा सरकारले नेपालले कहिल्यै नाकाबन्दी व्यहोर्नु नपर्नेगरी चीनसँग पारवहन सम्झौता गरेको पनि परराष्ट्रमन्त्री ज्ञवालीले स्मरण गराए ।