सञ्चारमन्त्री बास्कोटा सञ्चार माध्यमप्रति 'फायर' - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सञ्चारमन्त्री बास्कोटा सञ्चार माध्यमप्रति ‘फायर’



सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमहरू गैह्र जिम्मेवार बन्दै गएको भन्दै समग्र सञ्चार क्षेत्रको चर्को आलोचना गरेका छन्।

सोमबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रले सरकारका प्रत्येक क्रियाकलापको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोश पोखे।

सञ्चार माध्यममा सरकारले भ्रष्टाचारीलाई नियन्त्रणमा लिए भ्रष्टाचार बढ्यो भन्दै टिप्पणी गर्ने तथा बलात्कारीलाई नियन्त्रणमा लिए नक्कली भन्ने गरेको भन्दै उनले रोष प्रकट गरे।

उनले सरकारका हर क्रियाकलाप नक्कली हुन् भन्ने मानसिकता फैलाउने उद्देश्यले समाचार सम्प्रेषण हुने गरेको भन्दै जिम्मेवार बन्न सञ्चार क्षेत्रलाई आग्रह पनि गरे।

उनले भने, ‘सरकारले जे गर्छ, त्यो चाहिँ सबै नक्कली हो। अरुले जे गर्छन् त्योमात्रै सक्कली हो ? त्यसो भए सक्कली अपराधी कहाँ छ त लेख्दिने पनि वा त्यस्तो गर्ने पनि बताइदिनुपर्यो नि ? उसलाई खोज्न जानुपर्यो। सक्कली को हो देखाइदिनुपर्यो नि।’

मन्त्री बाँस्कोटाले सञ्चारकर्मीका लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गर्न अझै पनि सञ्चार गृहहरू इमान्दार नभएको भन्दै श्रमलाई व्यवस्थित र वैज्ञानिक बनाउन आग्रह गरे।