नेपाल भारतसम्बन्ध नयाँ तरिकाले अघि बढाउनु पर्छ :प्रस्तावित राजदूत आचार्य - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

नेपाल भारतसम्बन्ध नयाँ तरिकाले अघि बढाउनु पर्छ :प्रस्तावित राजदूत आचार्य



काठमाडौँ – नेपालका तर्फबाट भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले नेपाल भारतसम्बन्ध नयाँ तरिकाले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा आचार्यले नेपाल भारतको सम्न्ध नयाँ तरिकले सुमधुर गराउने आफ्नो भावी कार्ययोजना रहेको बताए ।

उनले भने नेपाल भारत सम्बन्ध सुमधुर नभएसम्म आर्थिक विकास सम्भव नहुने बताउँदै आथिर्ककरुपमा नेपालसँगको सम्बन्ध सुमधुर बनाउन भारतसँगको सम्बन्ध विस्तार नयाँ तरिकाबाट गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘भारतको आशंका चिर्न नसके अन्य बाटो खुल्दैन’ उनले भने ।