निर्मलाको हत्यारा पत्ता लाग्यो,चाँडै नै सार्वजनिक गर्ने तयारी:मन्त्री पोखरेल - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

निर्मलाको हत्यारा पत्ता लाग्यो,चाँडै नै सार्वजनिक गर्ने तयारी:मन्त्री पोखरेल



काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने सम्भावना रहेको बताएका छन् ।

७० औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १० औँ मानवअधिकार राष्ट्रिय महाभेलालाई सनिबार ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना रहेको बताएका हुन् ।

कार्यक्रममा उपस्थित नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई सम्बोधन गर्दे उनले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरुले छाता ओढाउन आउने सम्भावन रहेको आशंका व्यक्त गरे ।

सरकारले पन्तको हत्यारा पत्ता लगाइसकेको र चाँडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिदै उनले भने, “ विधिसम्बत ढंगले सार्वजनिक गर्छौ । तर राजनीतिको ध्येय बोकेकाहरु छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पा जी ख्याल गर्नुहोला ।”

प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे ।

उनले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिए ।

उनले भने, “निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउदा यी मध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन । ”

राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभुतिमा सरकारका कामकारवाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए ।