ओलीबाट प्रचण्ड असन्तुष्ट - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

ओलीबाट प्रचण्ड असन्तुष्ट



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्षनेतृत्वमै असन्तुष्टिको बढेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्रीका सारथि बनेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ओलीशैलीबाट आजित र असन्तुष्ट बनेको समाचार नागरिक दैनिकले छापेको छ ।

‘छलफल नै नगरी महत्वपूर्ण निर्णय एक्लै गर्ने’ ओलीशैलीमा प्रचण्डको असन्तुष्टि बढेको हो । सांगठानिक एकीकरण, नेताहरुको जिम्मेवारी बाँडफाँड र पार्टी परिचालन ओलीको प्राथमिकतामा नपरेको नेताहरुको गुनासो छ ।

काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीको भूमिकालाई लिएर पनि नेकपामा असन्तुष्टि चुलिएको छ । यसमा अध्यक्ष प्रचण्ड पनि असन्तुष्ट छन् । ओलीका कारण सरकार र पार्टीको आलोचना बढेको दाहाललाई मन परेको छैन ।

वरिष्ठ नेता झलनाथ खनाल पनि पार्टीको निरन्तर बैठक नबस्दा पार्टी अप्ठेरो अवस्थामा गुज्रिरहेको बताउनुहुन्छ ।