पूर्व मन्त्री पाण्डे विरुद्ध मुद्दा दर्ता - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

पूर्व मन्त्री पाण्डे विरुद्ध मुद्दा दर्ता



काठमाडौं– राष्ट्रिय गौरवको सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भएको भन्दै पूर्व मन्त्री विक्रम पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

विशेष अदालतमा दायर गरिएको मुद्दामा पाण्डेसँग २ अर्ब १३ करोड ७६ लाख विगो माग गरिएको छ ।

सिक्टा सिंचाइ आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि तथा गुणस्तरिय कार्य हुन नसकेको र निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको भन्ने भन्दै आयोगमा उजुरी परेको थियो ।

आयोगले ठकेदारलाई उन्मुक्ति दिई नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने नियतका साथ भुक्तानी लिने र दिने कार्यहरु गरे गराएको सप्रमाण पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न तत्कालीन २१ जना कर्मचारी र ब्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरेको हो ।