बुटवलमा लियो सप्ताह सुरु - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

बुटवलमा लियो सप्ताह सुरु



विशाल पाण्डेय / बुटवल ।
आज डिसेम्बर ५ तारिख , अर्थात ६१ औं अन्तर्राष्ट्रिय लियो दिवसको सुरुवात ! यसै उपलक्ष्यमा एरिया ४ का लियो क्लबहरुले भब्यका साथ लियो सप्ताह मनाउने भएका छ्न ।

आजबाट सुरु भएको लियो सप्ताहको पहिलो दिन एरिया ४ का २८ वटा लियो क्लबहरुले बुटवल राजमार्ग चौराहदेखी ट्राफिक चोकसम्म शान्ति पुर्ण र्‍याली गरि लियो सप्ताहको सुरुवात गरेका हुन ।

शान्ति र्‍याली पश्चात् एक अनौपचारिक कार्यक्रम पनि सम्पन्न भएको छ । एरिया ४ का कोर्डिनेटर सुदिप बेल्बासेलेको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अथिती लियो जिला परिषद ३२५ बि२ का जिल्ला उपाध्यक्ष लियो सरोज कंडेल रहेका थिए ।

एरिया को-चिफ अरुण पन्थीले संचालन गरेको कार्यक्रममा रिजन ९ का कोर्डिनेटर मदन थापा तथा डाइरेक्टर एलिजा तुलाधरले शुभकामना मन्तव्य राखेका थिए ।

लियो सप्ताह अन्तरगत (५-११) तारिख सम्ममा एरिया ४ का २८ वटै लियो क्लबहरुले रक्तदान कार्यक्रम ,हाजिरी जवाफ प्रतियोगिता ,खाद्यान्न सामाग्री वितरण ,क्रीकेट प्रतियोगिता लगाएत अन्य सामाजिक कार्यक्रमहरु गर्ने लियो जिल्ला परिसद ३२५ बि२ एरिया ४ का कोर्डिनेटर सुदिप बेल्बासेले हिमाल पोस्टलाई जानकारी दिए ।