बुलबुले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

बुलबुले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी



विशाल पाण्डेय / सुखड ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालीका -१० पहलमानपुरमा रहेको बुलबुले बहुमुखी क्याम्पसमा मंगलबारदेखि अनिश्चितकालिन तालाबन्दी गरीएको छ ।

लामो समयदेखि संचालनमा रहेको क्याम्पसको तदर्थ समितिको खारेजीको माग गर्दै नेपाल बिद्यार्थी संघ घोडाघोडी नगर समितिले अनिश्तिकालिन तालाबन्दी गरेको हो ।

नेविसंघ घोडाघोडी नगर संयोजक कलक जंग सिंहद्बारा हस्ताक्षर विज्ञप्तिमा, लामो समयदेखि क्याम्पसको तदर्थ समितीले त्रिभुवन बिश्व बिद्यालयको नियम र क्याम्पसको विधान विपरीत क्याम्पसलाई दीर्घकालीन असर पर्ने किसिमको निर्णयहरु प्रती नेविसंघ घोडाघोडी नगर समितिको ध्यानाकर्षण रहेको उल्लेख गरिएको छ ।

यस क्याम्पसका विद्यार्थी संगठन तथा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको उपस्थितिमा भएका निर्णयहरु लाई समेत पूर्ण रूपमा ब्यवस्ता गरि आफुखुशी निर्णय गरेको समेत विज्ञप्तिमा उल्लेख्य गरिएको छ ।

विज्ञप्तिमा मंसिर १७ गते क्याम्पसको नियम विपरीत क्याम्पस प्रमुख लगायत केही शिक्षक नियुक्त गर्ने निर्णय प्रती नेबिसंघ नगर समितिले गम्भीर आपत्ति जनाउदै तदर्थ समितिको खारेजीको माग पुरा नभएसम्म तालाबन्दी नखुल्ने जनाइएको छ ।

यता क्याम्पस सञ्चालन तदर्थ समितीका अध्यक्ष देब बहादुर बमले भने सञ्चालक समितीले नियम बिपरीत निर्णय नगरेको बताएका छन् । क्याम्पस प्रमुख नृप बहादुर बोगटीले राजिनामा मागेपछी क्याम्पस प्रमुख र केही पूर्णकालीन तथा आशिंक शिक्षक नियुक्त गरीएको अध्यक्ष बमले जिकीर गरे ।